arrow

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सुरु गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
norvic-hospital.jpg

काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ । 

नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरूलाई हुनसक्ने सम्भावित सङ्क्रमणबाट बचाउन सकियोस् तथा सङ्क्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ सञ्चालन गर्न लागेको हो । 

माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपिडी सेवा सञ्चालन हुनेछ ।

कोभिड ओपिडीमा कोभिड भएका वा कोभिड भइसकेकाहरूमा देखि नसक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइनेछ । चेष्ट फिजिसियनसहितका विशेषज्ञहरूबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नुपर्ने कोभिड सङ्क्रमितहरूलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आइसियुमा राखी उपचार गरिनेछ । 

कोभिडबाट संक्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरूलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपिडी’ सञ्चालन गर्ने नर्भिक संभवत देशकै पहिलो निजी क्षेत्रको अस्पताल समेत हो ।

यसअघि नर्भिक तथा अन्य अस्पतालहरूले फिभर क्लिनिक सञ्चालन गरे पनि कोभिड सङ्क्रमितलाई नै लक्षित गरी ओपिडी सेवा नै भने सुरु गरेका थिएनन् ।  

यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकाहरूमा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो । निकै सस्तो मूल्यको यो प्याकेज लिएर कोभिड निको भएर पनि विभिन्न समस्या भोगिरहेका सयौँ बिरामीले गुणस्तरीय परामर्श सेवा र उपचार पाएका थिए । 
 



नयाँ