arrow

पाँच जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
corona-covid-delta-plus.jpg

काठमाडौं । पछिल्लो समय नेपालमा कोभिड-१९ संक्रमण तीब्र गतिमा बढ्दै गएको छ । हाल देशभरका पाँच जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।   पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर र भक्तपुर र कास्की रहेका छन् ।   

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार ६२५, ललितपुर एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज मात्रै काठमाडौं उपत्यकामा २ हजार ६०७ जना थपिएका छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । 

साथै दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लाहरूमा झापा, चितवान, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव तीन रहेको छ । 

पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । तेह्र हजार ४७४ जनाले पिसिआर र सात हजार ८६ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १५ हजार ६५३ पुगेको छ । यो दर ९६ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख १०८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ८१ हजार २६० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ८० हजार ८८२ पुगेको छ । कुलमा सङक्रमण दर १७ प्रतिशत छ ।

कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख २० हजार २६७ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २३५ रहेको छ ।
 
हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २५ र आइसियूमा १११ रहेको छ । होम आइसोलेशनमा १७ हजार २९१, संस्थागत आइसोलेशनमा ९४४ र क्वारेन्टीनमा ११५ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ