सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
473
Shares
काठमाडौँ। सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन्। सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्ने छन्।
श्रेष्ठ यस अघि बैङ्कको प्रमुख बजार अधिकृतका रूपमा कार्यरत थिए। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैङ्क, सिद्धार्थ बैङ्क र सेञ्चुरी बैङ्कमा विभिन्न पदमा रही बैङ्किङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरी सकेका छन्। उनी सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रूपमा चिनिने बैङ्कले जनाएको छ।