arrow

बन्दीपुर दुर्घटना अपडेटः ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
accident-final.jpg

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ हटियाको धरमपानीमा जीप पल्टँदा ज्यान गुमाउनेको पहिचान खुलेको छ । दुर्घटनामा ९ महिनाकी बालिकाकोसमेत ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने सबै स्थाानीय हुन् ।

ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबि थापा, २४ वर्षका रोशन गुरुङ, ५३ हरिबहादुर न्यौपाने र ४८ सुशीलादेवी न्यौपाने छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रे तनहुँले जनाएको छ । 

यसैगरी सोही ठाउँकी वर्ष ५० कि विमाया गुरूङ र जीप चालक बर्ष ४८ का आन्नद गुरुङको पनि उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका आठ जनालाई बन्दीपुर अस्पताल प्राथमिक उपचार पश्चात् थप उपचारका लागि भरतपुर पठाइएको छ । 

१२ जना सवार जीप राति साढे ८ बजे सडकबाट करिब १५० मिटर तल खसेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ