arrow

कास्कीमा आजदेखि स्मार्ट लकडाउन, यस्तो छ नियम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
cdo office kaski hamrakura.jpg

पोखरा । कास्कीमा आजदेखि स्मार्ट लकडाउन लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कास्कीमा स्मार्ट लकडाउन शुरु भएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि कास्कीमा स्मार्ट लकडाउन आदेश गरिएको जानकारी दिए ।

उनले अर्को आदेश जारी नभएसम्मका लागि स्मार्ट लकडाउन घोषणा गरिएको स्पष्ट पारे । प्रजिअ आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संकट ब्यबस्थापन समन्वय केन्द्र (सिसिएमसीसी) को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड-१९ को पुस २६ गते बसेको बैठकको निर्णयसमेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा कोभिड-१९ संकट ब्यबस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम आदेश जारी गरिएको छ ।’

कोरोना सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायहरुबाट नियमित तथा आकस्मिक अनुगमन गरिने र अनुगमनका क्रममा आदेश अवज्ञा गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्वाही हुने प्रजिअ आचार्यको चेतावनी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ