arrow

४६ सय ३६ संक्रमित थपिए, मृत्यु हुने बढे, निको हुने निकै कम  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  १० हजार ४ सय १२ जनाको पीसीआर र ४ हजारर १ सय ४४ जनाको एन्टीजेन विधि गरी १४ हजार ५ सय ५६ जनाको नमुना परीक्षण हुँदा संक्रमण दर ३१.५ प्रतिशत देखिएको छ ।  

यस अवधिमा ३ सय ५० जनामात्र संक्रमणमुक्त भएका छन् । थप ४ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक एकदुई जनाको मृत्यु भइरहेका बेला आज मृत्यु हुनेको संख्या बढेर ४ जना पुगेको हो । 

यस्तै सक्रिय संक्रमितको संख्या समेत बढेर २१ हजार ५ सय ८४ पुगेको छ ।



नयाँ