arrow

बढ्दै कोरोना महामारी, गण्डकीमा २०६ जना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
coronavirus-molecular.jpg

पोखरा । कास्कीमा ८० जनासहित गण्डकी प्रदेशमा २०६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट ११३ र एन्टिजिन परीक्षणबाट ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, लमजुङ ११, पर्वतमा एक, स्याङजा २२, म्याग्दी १४, तनहुँ नौ र नवलपरासी पूर्वमा ६९ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ४३८ पुगेको छ । 

प्रदेशमा केही दिनदेखि क्रमशः कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । 

गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहीबार १६५ शुक्रबार १८६ र आज शनिबार २०६ जनामा संक्रमण देखिएको हो ।

एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ सय २८ रहेकोे छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १३ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ५३ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ५०१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ९५८ सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ९२४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ