arrow

जिल्लाका खोप केन्द्रमा बुस्टर डोज लगाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
corona-vaccine-nepal1.jpg
तस्बिर– फाइल

काठमाडौं । अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई कोरोना  विरुद्धको खोपको बुस्टर डोज लगाइने भएको छ । कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना भन्दा बढी समय भइसकेका व्यक्तिहरुले पहिला लगाएकै खोपको थप एक मात्रा लगाउन सक्ने भएका हुन् ।

बुस्टर डोज ७७ वटै जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयले ताकेको स्वास्थ्य केन्द्रमा लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बालबालिकाको खोप लागिरहेको बाहेक भेरोसेल, कोभिसिल्ड खोप लागिरहेको खोप केन्द्रमा बुस्टर डोज लगाउन सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

‘कुन कुन खोप केन्द्रमा बुस्टर डोज लगाउने भनेर जिल्लो निर्णय गर्ने हो, बालबालिकाको खोप लागिरहेका बाहेकका खोप केन्द्रमा लगाउन सकिनेछ’, डा अधिकारीले भने ।

यसअघि शुक्रबार मात्रै मन्त्रालय अन्तर्गतको खोप कल्याण महाशाखाले विज्ञप्ति जारी गर्दै ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य खापूर्ति तथा व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोज खोप लगाउन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

आइतबारदेखि अग्रपङ्तिमा खटिएका व्यक्ति र माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज लगाउने निर्णय मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ