arrow

काठमाडौंमा एक दिन ढिला गरी सोमबारदेखि मात्रै बुस्टर डोज लगाइने

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ माघ १ शनिबार
corona-vaccine-janssen_1617891444.jpg
तस्बिर– फाइल

काठमाडौं । काठमाडौंमा माघ ३ गते अर्थात् सोमबारदेखि मात्रै कोरोना भाइरस विरुद्धको खोपको तेस्रो अथवा बुस्टर डोज खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले ३ गतेदेखि मात्रै काठमाडौंमा खोप लगाइने जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले पुस ३० गते विज्ञप्ति जारी गर्दै जिल्लाहरुलाई माघ २ गतेदेखि अग्रपङ्तिमा रहेकाहरुलाई बुस्टर डोज लगाउने गरी व्यवस्था गर्न अनुरोध गरेको थियो । मन्त्रालयले शुक्रबार साँझ मात्रै सूचना दिएपछि शनिबार सबै अस्पताल एवं खोप केन्द्रसँग समन्वय हुन नसकेको र कुन कुन खोप केन्द्रमा लगाउने भनेर निर्णयसमेत नभइसकेका कारण सोमबारदेखि मात्रै बुस्टर डोज खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यलय प्रमुख काफ्ले बताए ।

अहिले बालबालिका (१२ देखि १७ वर्षका) लाई फाइजर खोप अभियान चलिरहेका कारण स्वास्थ्यकर्मीहरुसमेत खाली नभएका कारण आइतबारबाट नै बुस्टर डोज खोप अभियान सञ्चालन गर्न नसकिने उनले बताए ।

हाम्राकुरासँग बोल्दै उनले भने, ‘अहिले फाइजर खोप अभियान चलिरहेको स्वास्थ्यकर्मीहरु पनि खाली छैनन्, त्यसैले ३ गतेबाट मात्रै बुस्टर डोज खोप अभियान शुरु हुन्छ ।’

यस बिषयमा आइतबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला खोप व्यवस्थापन समितिले निर्णय गर्ने र त्यसपछि कुन कुन खोप केन्द्रमा लगाउने भनेर टुंगो लाग्ने उनले बताए ।

‘अहिले काठमाडौं जिल्लामा १६ ठाउँबाट खोप लागिरहेको छ । सम्भवतः तिनै खोप केन्द्रबाट बुस्टर डोज लगाइने छ, यस विषयमा आइतबार निर्णय हुन्छ’, उनले भने । 

बुस्टर डोज लगाउनका लागि जिल्लाहरुले नै निर्णय गर्नु पर्ने भएपछि सबै जिल्लामा २ गते देखि नै बुस्टर डोज खोप अभियान सञ्चालन हुन नसक्ने देखिएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज लगाउने गरी तयारी एवं व्यवस्था गर्नसमेत प्रदेश र जिल्ला खोप व्यवस्थापन समिति एवं कार्यालयलाई अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ