arrow

कास्की कोरोनाको रेडजोनमा

कास्की कोरोनाको रेडजोनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
pokhara-valley-city.jpg

पोखरा । गण्डकी प्रदेशको राजधानी जिल्ला कास्की शनिबारदेखि कोरोना संक्रमणको रेडजोनमा परेको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी भएसंगै कास्की रेड जोडमा परेको हो ।

शुक्रबार ५९० सक्रिय संक्रमित रहेर कास्की रेडजोन नजिक थियो । शनिबार एकै दिममा ७० जना थपिएपछि कास्कीमा सक्रिय संक्रमितको संख्या ५६० जना पुगेको छ ।

५०० जना भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई सरकारले रेडजोनमा राख्ने गरेको छ । कास्कीमा हालसम्म ३४ हजार ४५६ जना संक्रमित भेटिएका छन् ।

जसमा ३६ हजार २६९ जना संक्रमित निको भएका छन् । कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२७ जना पुगेको छ ।

अन्य जिल्लामा सक्रिय संक्रमित कति ?

गण्डकीका ११ जिल्लामध्ये नवलपुर दोश्रोमा रहेको छ । शनिबारसम्ममा नवलपुरमा १९९ जना सक्रिय संक्रमित छन् । नवलपुरमा १० हजार ७२४ जना संक्रमित भेटिएकोमा १० हजार ३८२ जना निको भएका छन् । यस जिल्लामा १४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

यसैगरी स्याङ्जामा ५४, पर्वतमा ७, बागलुङमा २७, म्याग्दीमा ३१, मुस्ताङमा ६, लमजुङमा १९, गोरखामा ६ र तनहुँमा ४९ जना सक्रिय संक्रमित छन् । मनाङमा भने सक्रिय संक्रमित छैनन् ।



नयाँ