arrow

नवलपुरका प्रजिअलाई कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
Suman Ghimire nawalpur.jpg

नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । 

प्रजिअ घिमिरेले शुक्रबार बिहान ११ बजे उनले आफ्नै कार्यकक्षमा जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए । ‘सञ्चारकर्मीहरुसँग भेटभाटपछि पीसीआर परीक्षण गराउन जिल्ला अस्पताल गएको थिएँ । अहिले प्राप्त रिपोर्टमा कोरानो संक्रमण पुष्टि भयो’, उनले भने, ‘सबै साथी सुरक्षित बसिदिनु होला ।’

कोरोना संक्रमण पुष्टि भएसंगै उनी होम आइसोलेशनमा बसेका छन् भने भेटघाट र हिंडडुल पनि बन्द गरेका छन् । प्रजिअ घिमिरेले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

जिल्ला आएदेखि नै उनी विभिन्न संघसंस्था, राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट गर्दै आएका थिए । 

प्रजिअ घिमिरे र ९ दिन दिनअघि नवलपुरको कार्यभार सम्हाल्न आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ