arrow

कास्कीमा आजै थपिए १४७ जना सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
pokhara-bazar-city.jpg

पोखरा । कास्कीमा आज मात्रै १४७ जना सक्रिय संक्रमित थपिएका छन् । कास्कीमा आज १५८ जना संक्रमित थपिएसंगै कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो ।

योसँगै गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेर ११ सय ५७ जना पुगेको छ । गण्डकीमा शनिवार ९५८ जना सक्रिय संक्रमित थिए । तीमध्ये ११ सय १८ जना होम आइसोलेसनमा छन् ।

गण्डकी प्रदेशमा आज आइतबार २१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा २१३ जनाम सङ्क्रमण पुष्टि भएको हो । यस अवधिमा १६ संक्रमित मात्रै कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १५८, गोरखाका २, म्याग्दीका १, लमजुङका १२, तनहुँका ४, नवलपरासीका १२, बागलुङका ३, पर्वतका १ र स्याङ्जाका २० जना रहेको निर्देशनालयले जनाएको छ । 

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ८९ हजार ६५१ पुगेको छ भने निको हुनेको सङ्ख्या ८७ हजार ६९ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६० हजार १४ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय २८ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ