arrow

उपत्यकामा मात्रै तीन हजार ३४७ संक्रमित, देशभर तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
coronaaa.jpg

काठमाडौं । आइतबार थपिएका संक्रमित मध्ये तीन हजार ३४७ संक्रमित उपत्यकामा रहेका छन् । पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसको आधा भन्दा बढी संक्रमित उपत्यकामा रहेका छन् । उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ संक्रमित थपिएका छन् ।

 काठमाडौंमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

आज देशभर थपिएका संक्रमितको  सङ्ख्या शनिवार देखिएको नयाँ संक्रमितभन्दा ३२५ ले बढी हो । शनिवार देशभरमा चार हजार ६३६ नयाँ संक्रमित पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

 पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत संक्रमण दर ३६ दशमलव एक प्रतिशत छ । यही अवधिमा ४३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ६८० रहेको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २९ र आइसियुमा १२२ जना रहेका छन् । होम आइसोलेसनमा २४ हजार ५८४, संस्थागत आइसोलेसनमा एक हजार ९६ र संस्थागत क्वारेनटिनमा १२१ रहेका छन् ।

सरकारले आजदेखि अग्रपङ्क्ति रहेका नागरिकलाई बुस्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताए । देशभरमा हाल लगाइरहेको सबै खोप प्रभावकारी र निःशुल्क रहेको उनले बताए । खोपले गम्भीर स्वास्थ्य समस्याबाट बचाउने भन्दै उनले खोप लगाउनुपर्नेमा जोड दिए । उनले भने, “खोप लगाउने ठाउँमा स्वास्थ्यका मापदण्डको भने पालना गर्नुपर्छ ।”

सरकारले खोप कार्यक्रम विस्तारमा लागेको सह प्रवक्ता डा अधिकारीले बताए । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उनले बताए । उनले भने, “पुस मसान्तसम्ममा दुई तिहाइलाई लगाउने लक्ष्य लिइएकामा ६१ प्रतिशतलाई लगाइएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ