arrow

संक्रमण दर ३६ प्रतिशत पुग्यो, सक्रिय पुगे २५ हजार सात सय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढेको छ । आइतबार ४९ सय ६१ संक्रमित थपिएका छन् । १५ हजार १३१ परीक्षणबाट ३२.७९ प्रतिशत संक्रमित पाइएका हुन् । यो तेस्रो लहरको अहिलेसम्मकै उच्च हो । जसमा १२ हजार ५६२ पीसीआर परीक्षणबाट ४ हजार ५३४ अर्थात् परीक्षणको ३६.१ प्रतिशत संक्रमित पाइएका हुन् ।  

जम्मा ४३५ जनालाईमात्र निको भएको छ । निको हुने दर घटेको छ । ९५.६ प्रतिशतलाई मात्र निको भएको छ । अहिलेसम्म पीसीआरबाट ८ लाख ५३ हजार ७३८ जना संक्रमित भएका छन् । एन्टिजेनबाट १ लाख १ हजार ४६८ जना संक्रमित भएका छन् । 

थप ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ११ हजार ६ सय २० जनाको मृत्यु भइसकेको छ । संक्रमण तीव्र रुपमा बढेसँगै सक्रिय संक्रमित २५ हजार ६८० पुगेका छन् । 

थप ५४ हजार ३१२ जनाले खोप लगाएका छन् । अहिलेसम्म नेपालमा २ करोड ७९ लाख ६५ हजार ५०० डोज खोप लगाइसकिएको छ । जसमा पहिलो डोजदेखि बुस्टर डोजसम्म लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ