arrow

महाभारत युद्धका लागि कुरुक्षेत्र किन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
mahabharat4.jpg

काठमाडौं। कुरुक्षेत्र युद्धको मैदानमा अर्जुन मोहग्रस्त हुन्छन् । उनले आफ्नो सारथी भगवान श्रीकृष्णलाई भन्छन्, 'प्रभु! युद्धमा धेरै मानिसहरु मर्नेछन्', यस्ता अनेक कुराहरू अर्जुनको मनमा आउँछ। महाभारत युद्धको लागि कुरुक्षेत्र मैदानलाई नै किन चुनियो? गीताको पहिलो श्लोकमा यसको उल्लेख आउछ-

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः।
मामका पाण्डवाश्चैव किमकुर्वत सञ्जय।।

धृतराष्ट्रले सञ्जयलाई सोध्छन्, धर्मभूमि कुरुक्षेत्रमा युद्धको निम्ति एकत्रित मेरा अनि पाण्डवका पुत्रहरु के गरिरहेका छन्? जब कुरुक्षेत्रमा अनिकाल पर्यो, तब राजा कुरुले स्वयं हलो जोतेका थिए । राजा कुरुले हलो जोतेर यति धेरै पुण्य त्यहाँ स्थापित गरेका थिए। उनले कुनै नोकरलाई या कुनै किसानलाई हलो जोत्न लगाउन सक्थे, तर राजा कुरुले स्वयं हलो जोते। इन्द्रदेव प्रसन्न भएर भन्न लागे, 'हे राजा कुरु!  तपाईले यहाँ यो भूमिमा हलो जोत्नुभयो, बीउ रोप्नुभयो, म यस्तो पुण्यवान भूमिलाई वरदान दिन्छु कि जो पनि योद्धा यहाँ मर्ने छ, ऊ सीधै स्वर्ग जानेछ ।'

भगवान श्रीकृष्णले यसैकारण कुरुक्षेत्रलाई महाभारत युद्धको निम्ति चुन्नुभयो । भगवानले भन्नुभयो, अर्जुन! यिनीहरुलाई आत्माको ज्ञान छैन । केवल वासनाको निम्ति, भौतिकवादको निम्ति यिनीहरू यहाँ युद्धको मैदानमा संघर्ष गरिरहेका छन्, जुन आफैमा असत्य हो।

भगवान श्रीकृष्णले अर्जुनलाई आत्मज्ञान दिनुभयो अनि अर्जुन भगवानको शरणागत भएर भने, 'नष्टो मोहः स्मृतिलब्धा ।' हे प्रभु! अब मेरो मोह नष्ट भयो, मेरो मनको अन्धकार नष्ट भयो । अब म तपाईलाई संसारको पालन गर्ने, संसारको रचना गर्ने अनि संहार गर्नेको रूपमा देखिरहेको छु। प्रभु तपाई त योगीहरूको पनि योगी हुनुहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ