arrow

कोरोना भ्याक्सिनबाट भाग्दा देश निकालामा परे जोकोभिच   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
novac-djokovic-2022.JPG

काठमाडौं । विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अष्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने  फैसला गरेका हुन् ।

अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न पनि पाएनन् । उनलाई अष्ट्रेलियाको हिरासतमा दुई पटक राखियो । दुई हप्तादेखि उनी अष्ट्रेलियामा संघर्षरत थिए । 

अदालतको फैसलापछि उनी आइतबार मेलबर्नको पहिलो फ्लाइटबाट दुबई उडेका छन् । उनी दशौं अष्ट्रेलियन ओपन जित्ने लक्षका साथ अष्ट्रेलिया पुगेका थिए । 

यदि यसपालि खेल्न पाएको भए र उपाधि जितेको भए पूर्व विश्व नम्बर एकद्धय रोजर फेडेरर र रफाइल नदालको २० ग्राण्डस्लामको रेकर्डलाई उछिनेर अगाडि जाने थिए । 

उनले अहिलेसम्म अष्ट्रेलियन ओपन ९ पटक, फ्रेन्च ओपन २ पटक, विम्बल्डन ६ पटक र युएस ओपन ३ पटक जितेका छन् । 

तर खेलाडी हुन सजिलो छैन । खेलाडीको सबैभन्दा अहम् सूत्र भनेको नियममा बाँधिनु हो । अनुशासित हुनु हो । 

जोकोभिच त्यहीँनेर चुके । कोरोना विरुद्धको खोपका विरोधी उनले खोप नै लगाएका छैनन् । खोप बिना अहिले एक देशबाट अर्को देशमा जानै पाइँदैन । उनी गइदिए । 

उनले अष्ट्रेलियाको कोभिड नियम उल्लंघन गरे । त्यस्तै उनले आफूलाई कोरोना भएका बेलामा पनि आइसोलेसनमा नबसी पत्रकार सम्मेलनमा गएका थिए । 

नियममा नबाँधिएपछि उनी देश निकाला गरिएका हुन् । 

अष्ट्रेलियन ओपन आजैदेखि शुरु हुँदैछ । विश्व नम्बर एक बिना नै यो प्रतियोगिता शुरु हुँदैछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ