- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर दुईको स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान प्रक्रिया शुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि प्रदेश सभामा मतदान प्रक्रिया शुरु भएको हो ।
प्रदेश सांसद परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले राजधानी जनकपुरधाम प्रस्ताव गरेका हुन् । राजधानी जनकपुरधामको क्षेत्र उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा तोक्न प्रस्ताव साहले पेश गरेका छन् ।
स्थायी राजधानीका लागि दुई तिहाइ मतको अवश्यका रहेको छ । हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा स्थायी राजधानीको लागि ७० मतको आवश्यक चाहिन्छ ।