- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सोमबार थपिएका कोरोना भाइरसका नयाँ संक्रमितमध्ये झण्डै ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा नै थपिएका छन् । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७३४ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९३९ संक्रमित थपिएका छन् । यो कुल संक्रमितको ५८.४९ प्रतिशत हो ।
काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन् । कुल १७ हजार ७ सय ६५ जनाको संक्रमण परीक्षण गरिएको थियो । आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्, भने थप ३ जनाको मृत्यु भएको छ ।
थपिएको संख्या तेस्रो लहरको अहिलेसम्मकै धेरै हो । योसँगै सक्रिय संक्रमित बढेर ३० हजार ८७७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै १९ हजार ३८७ जना रहेका छन् । तीमध्ये काठमाडौंका १३ हजार ९८६, भक्तपुरका १ हजार ८४६ तथा ललितपुरका ३ हजार ५५५ जना हुन् ।
अर्थात् कुल सक्रिय संक्रमितको ६२.७९ प्रतिशत सक्रिय संक्रमित उपत्यकामै छन् । १४ हजार १४ जनाको पीसीआर परीक्षणमध्ये ५ हजार ७ सय ४७ अर्थात् ४१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
३ हजार ४ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ८७ अर्थात् २८.६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । समग्रमा ३८.९ प्रतिशत संक्रमण दर देखिएको छ ।
कुल १७ हजार ७ सय ६५ जनाको संक्रमण परीक्षण गरिएको थियो । आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।