arrow

नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
coronaaa.jpg

काठमाडौं । पछिल्लो समय देशभर कोभिड-१९ संक्रमण तीव्र गतिमा बढेको छ । गत हप्ता देशभरका पाँच जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकामा आजसम्ममा नौ जिल्ला पुगेको छ । हाल देशभरका नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।  

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् । साथै दुई सय भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव छ रहेको छ । 

देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमुना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ३० हजार ८७७ रहेको छ । कूलमा संक्रमण दर १७ दशमलव एक प्रतिशत छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३ हजार ९८६, ललितपुर तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख दुई हजार ४५५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख १८ हजार २४८ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९१ हजार ४६ पुगेको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २६ र आइसियुमा १३९ रहेको छ । होम आइसोलेसनमा २९ हजार ७०५, संस्थागत आइसोलेसनमा एक हजार १७२ र क्वारेनटिनमा १०० जना रहेका छन् । 

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ