arrow

हिरो इलेक्ट्रिक स्कुटर बजारमा, चार मोडल छानीछानी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
hero-electric-scooter-2022.jpg

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रालि (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री शुरु गरेको छ । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको हो । 

इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । 

एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । 

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउँदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ । 

लक्ष्मी ई मोबिलिटी प्रालिले काठमाडौंको टेकुमा आङ्खनो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागिसमेत आवेदन लिँदैछ । 

भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनीले भारतीय इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ