arrow

चौधरी ग्रुप बन्यो हिरो मोटोकर्पको आधिकारिक वितरक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
cg-motors-hero.jpg

काठमाडौँ । नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिक कदममा, मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो समूह चौधरी ग्रुप मातहतको कम्पनी सीजी मोटर्ससँग सहकार्य गरेको छ । 

हिरो मोटोकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो । राम्रो लोकप्रियता कमाएको सुपर स्प्लेन्डर र एक्सप्लस २०० लगायत आफ्ना प्रतिष्ठित मोटरसाइकल ब्रान्डहरूका साथ निरन्तर रूपमा हिरो प्रख्यात हुँदै गइरहेको छ । 

नेपाललाई एसियाको प्रमुख बजारको रूपमा मान्यता दिँदै हिरो मोटोकर्पको सीजी मोटर्ससँगको साझेदारीले आफ्नो व्यापारलाई थप बलियो बनाउने र समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने चौधरी ग्रुप समक्ष अपेक्षा राखेको देखिन्छ।

चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको विश्वभर १६०  भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विशाल नेटवर्क रहेको समूह हो।  एफएमसीजी, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्ससहित विभिन्न क्षेत्रहरूमा यो समूहको व्यवसाय फैलिएको छ।

यस सहकार्य अन्तर्गत हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरो मोटोकर्पको उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्न तयार भएको प्रेस विज्ञप्तिमा बताइएको छ। 

स्थानीय अर्थतन्त्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू इन्जेक्सन गर्दै २०२४ मार्चबाट सेवा सञ्चालन शुरु गर्न तय गरिएको छ।

हिरो मोटोकर्पबाट ग्लोबल बिजनेस हेड, सञ्जय भानले यो सहकार्यप्रति  उत्साह व्यक्त गर्दै प्रेस विज्ञप्तिमा भनेका छन्, ‘नेपाल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण बजार हो र यहाँका ग्राहकहरूलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो ।’ उनले चौधरी ग्रुपसँगको सहकार्यले देशमा हिरो मोटोकर्पको सञ्चालनलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘यो सहकार्यले हिरो मोटोकर्पका लोकप्रिय उत्पादन र सेवाहरूको नेपाली जनताले लाभ उठाउन पाउने तथा अटोमोटिभ बजारमा सीजी मोटर्ससँग हिरो मोटोकर्पको पुनः प्रवेशबाट आम उपभोक्तालाई फाइदा हुनसक्छ । 

नेपालमा हिरो मोटोकर्पको एक्सप्लस टुइन्स, एक्सट्रिम रेञ्ज, स्पेल्ण्डर रेञ्ज, ग्लामोर, एचएफ डिलक्स मोटरसाइकल तथा स्कुटर लगायतका दुई पाङ्ग्रे सवारीहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ