arrow

इ–सेवाबाट काठमाडौं मोडल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
esewa-phect.jpg

काठमाडौं । काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूआत भएको छ । काठमाडौं मोडल अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इ–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको शुरूआत भएको हो । 

योसँगै अबदेखि काठमाडौंमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इ–सेवा मोबाइल एप्लिकेशनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने अस्पतालले जनाएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।  

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने विश्वास लिइएको छ । अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ । 

कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । 

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ