arrow

अफगानी भूमिमा पाकिस्तानले लगाउन खोजेको काँडेतार रोकिदिए ईईका अधिकारीले  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
pakistan-afghanistan-kadetar.JPG

काठमाडौं । पश्चिमी निमरोज प्रान्तमा अफगानिस्तानको इस्लामिक इमिरेट्सका स्थानीय अधिकारीहरुले पाकिस्तानी सेनालाई काँडे तार र चौकीहरू खडा गर्नबाट रोकेका छन् । पाकिस्तानी सेनाले निमरोज प्रान्तको चाहर बुर्जक जिल्लामा आफ्नो चौकी बनाउन चाहेको बताइएको छ । प्रत्यक्षदर्शी र सीमावर्ती जिल्लाका बासिन्दाहरूका अनुसार पाकिस्तानी सेनाले अफगानिस्तानको माटोमा १५ किलोमिटरसम्म प्रवेश गरी चेक पोस्ट बनाउन खोजेको थियो ।

आईएस अधिकारीहरू वा पाकिस्तानी अधिकारीहरूले कसैले पनि यस विषयमा टिप्पणी गरेका छैनन् । आईएसको गुप्तचर महानिर्देशनालयको प्रान्तीय प्रमुखले पूर्वी नान्गाहार प्रान्तमा पाकिस्तानी सेनाको काँडे तार ध्वस्त गरेको र उनीहरूले अफगान भूमिमा बारहरू निर्माण गरेमा त्यसको परिणाम खराब हुने चेतावनी दिएपछि पाकिस्तानी सेना पछि हटेको बताइएको छ। 

अफगानिस्तान र पाकिस्तानबीचको करिब २४ सय किलोमिटर डुरान्ड लाइनमा विशेषगरी पाकिस्तानले तारबार लगाउन थालेपछि दुवै पक्षबीच द्वन्द्व र अराजकताको स्थिति सिर्जना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ