arrow

आलेको निजी सचिवालयका कर्मचारीलाई पनि संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
aale-nirikshyaan.PNG

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । 

पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ