arrow

नेपालगन्जमा शुरु भयो 'न्युरो ट्रमा एण्ड मल्टीइस्पेसियालिटी सेन्टर'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
neuro-pharmacy.jpg

नेपालगन्ज । नेपालगन्जमा न्युरो उपचारका लागि पहिलो न्युरो ट्रमा एन्ड मल्टी इस्पेसियालिटी सेन्टर सञ्चालनमा आएको छ । पश्चिम नेपालकै सफल न्युरो सर्जन डा. जोशन न्यौपाने परिवारले उद्घाटन गर्दै  नेपालगन्ज न्युरो ट्रमा एन्ड मल्टी इस्पेसियालिटी सेन्टर सोमबारबाट सञ्चालनमा आएको हो।

मेडिकल सेन्टर नै न्युरो सम्बन्धित नामसँग जोडिएको हुँदा नेपालगन्ज न्युरो ट्रमा एन्ड मल्टी इस्पेसियालिटी सेन्टरमा मस्तिष्क, नशा तथा मेरुदण्डका समस्या सम्बन्धी सम्पूर्ण उपचार गरिने न्युरो सर्जन डा.न्यौपानेले बताए। 

त्यस्तै त्यस मेडिकल सेन्टर फिजिसियन सेवा, यौन तथा छाला रोग लगायतका अन्य सेवा समेत शुरु भएको डा.न्यौपानेले जानकारी दिएका छन् ।

त्यहाँ फिजिसियन सेवा अन्तर्गत छाती, मुटु, कलेजो, फोक्सो, पेट, प्रेसर, सुगर, थाइराइड, युरिक एसिड लगायतका उपचार भने छाला रोगतर्फ कुष्ठरोग, यौन तथा सौन्दर्य सम्बन्धी रोगका उपचार हुनेछन् । उक्त न्युरो ट्रमा एन्ड मल्टी इस्पेसियालिटी सेन्टरमा डा. न्यौपानेसहित फिजिसियन डा. शङ्कर केसी र छाला तथा यौन रोग विशेषज्ञ डा.अनिशा उप्रेतीको टिमले बिरामीलाई सेवा प्रदान शुरु गरेको छ ।

लामो समयसम्म अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँमा आबद्ध भएका डा. न्यौपाने नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका न्युरो सर्जनका रूपमा कार्यरत छन् भने डा. केसी नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन हुन् । डा. उप्रेती भेरी अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ हुन् । सोमबार मात्र नेपालगन्ज न्युरो ट्रमा एन्ड मल्टी इस्पेसियालिटी सेन्टरमा ५० बढीले सेवा लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ