arrow

पानीमाथि पद्मासन गरेर रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
wold-record-water.PNG

काठमाडौं ।  विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्मासन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् । 

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् । मन्त्री निवास पुलचोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । 

त्यस क्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । साथै आगामी दिनमा समेत युवाहरूलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशील रहन समेत मन्त्री अथकले आग्रह गरे ।

 सन २०२१ अगस्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउन्डेसनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ