- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको ठूलो हटस्पट बनेको छ । मंगलबार एकैदिन १० हजार दुई सय ५८ कोरोना संक्रमित थपिएकामा पाँच हजार पाँच सय ४९ जना उपत्यकाकै हुन् ।
जसमा काठमाडौैंका ४ हजार ४ जना संक्रमित थपिएका हुन् । ललितपुरका ९७५ तथा भक्तपुरका ५७० जना थपिएका हुन् ।
योसँगै सक्रिय संक्रमित बढेर ३९ हजार ४४ पुगेका छन् । जसमा काठमाडौं उपत्यकाका २४ हजार ५७६ जना पुगेका छन् । जसमा काठमाडौंका १७ हजार ७०९, भक्तपुरका २ हजार ३९६ तथा ललितपुरका ४ हजार ४७१ जना हुन् ।
मंगलबार जम्मा ५६२ संक्रमितलाई निको भएको छ । थप एक जनाको ज्यान गएको छ ।
मंगलबार १७ हजार ८७२ जनाको पीसीआर परीक्षणबाट ८ हजार ७३० अर्थात् ४८।८४ प्रतिशत पाइएका हुन् । त्यस्तै ४ हजार ९५६ एन्टिजेन परीक्षणबाट १ हजार ५२८ संक्रमित पाइएका हुन् ।