arrow

कास्कीमा ह्वात्तै बढे सक्रिय कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
corona-covid-dalta-plus.jpg

पोखरा । कास्कीमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । सोमबार ८८० जना सक्रिय संक्रमित रहेकोमा मङ्गलवार बढेर १२ सय १६ जना पुगेको छ । 

कास्कीमा मङ्गलवार ३४७ जना संक्रमित थपिएका छन् । योसँगै कास्कीमा कूल संक्रमितको सङ्ख्या ३८ हजार १४७ पुगेको छ । जसमा ३६ हजार ३०४ जना निको भएका छन् । 

आज गोरखामा २२, मुस्ताङमा १, म्याग्दीमा २५, लमजुङमा ५०, तनहुँमा ४१, नवलपुरमा २६, स्याङ्जामा ६९, पर्वतमा ७ र बागलुङमा ३८ जना संक्रमित थपिएका छन् ।

योसँगै कूल संक्रमितको सङ्ख्या ९० हजार ६५५ जना पुगेको छ । जसमा ८७ हजार १०७ जना निको भएका छन् । 

गण्डकीमा सक्रिय संक्रमितको सङ्ख्या २१ सय २० जना छन् । यीमध्ये दुई हजार ६८ जना होम आइसोलेसनमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ