arrow

१० हजार संक्रमित पुग्दा १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । सोमबार देशभरका नौ जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेकामा मंगलबार बाह्र जिल्ला पुगेको छ । हाल देशका पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा  मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् । 

त्यस्तै छ जिल्लामा दुई सयभन्दा बढी संक्रमित रहेका छन् ।  दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुर छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ संक्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र चार हजार ९५६ एन्टिजीन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा १७ हजार ७०९, ललितपुरमा चार हजार ४७१ र भक्तपुरमा दुई हजार ३९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १७ हजार ५४७ पुगेको छ । यो दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ६८ हजार २१५ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा एक लाख तीन हजार ९८३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । यसरी पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ३६ हजार १२० र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९६ हजार दुई पुगेको छ । कूलमा सङक्रमण दर १७ दशमलव दुई  प्रतिशत छ ।

 हाल सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । 

हाल भेन्टेलेटरमा २८ र आइसियुमा १५१ जना रहेका छन् भने होम आइसोलेसनमा ३७ हजार ८२६, संस्थागत आइसोलेसनमा एक हजार २१८ र क्वारेन्टिनमा १०० जना रहेका छन् । 

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार १४८ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ