arrow

भारतीय राज्य महराष्ट्रमा पुल भत्किदा २२ बेपत्ता

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
indiabridge.jpg.jpeg
नयाँ दिल्ली। भारतीय राज्य महाराष्ट्रको एक राजमार्गमा रहेको पुल भत्किदा कम्ती २२ व्यक्ति बेपत्ता भएका छन् । बुधबार बिहान भएको यस घटनामा राज्यद्धारा सञ्चालित दुई वटा बसमा सवार रहेका २२ व्यक्ति बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । 
 
केही दिनयता परेको अबिरल बर्षाको कारण सो पुल भत्किँएको बताइएको छ । मुम्बइ सहरबाट ६३ किलोमिटर दक्षिणमा पर्ने एक राजमार्गमा यो घटना भएको हो । 
सो दुर्घटनामा दुईवटा बसमा रहेका २२ व्यक्ति ५० फिट गहिराईमा खसेको राइगढ जिल्लाका प्रहरी निरीक्षक सन्जय पाटिलले एएफपी समाचार समाचार समितिलाई बताएका छन । 
 
उद्धारकार्य जारी रहेको तर सो दुर्घटनामा परेका एक पनि व्यक्तिलाई उद्धार भने गर्न नसकिएको भारत प्रकोप व्यवस्थान निकायका प्रमुखले एएफपी समाचार समितिलाई बताएका छन् ।
 
गत अप्रिलमा कोलकतामा निर्माणधीन अवस्थामा रहेका आकाशेपुल भत्किँदा २६ व्यक्तिको मृत्यु भएको थियो । हरेक बर्ष मौसमी बर्षाको कारण आउने बाढी, पहिरो र अन्य बर्षासँग सम्बन्धित घटनामा भारत छिमेकी राष्ट्र नेपाल र बङ्गलादेशका सयौं व्यक्तिका मृत्यु हुने गरेको छ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ