arrow

लामो समय पानीमाथि पद्माशन गरेर ‘गिनिज बुक’ मा रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
20220117173733_IMG_6626.JPG

काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले एक घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धी कार्यक्रम संचालन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा  दर्ता गराउन सफल भएका हुन् । 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री गहतराजले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । 

त्यस क्रममा उनले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमासमेत युवाहरुलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशील रहनसमेत आग्रह गरे । 

सन् २०२१ अगस्त २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धी कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । 

यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्ज्वल भण्डारीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ