arrow

मनकामना मन्दिर माघ मसान्तसम्म बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
Manakamana-Temple-gorkha.jpg

गोरखा । नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर बन्द भएको छ । कोरोना संक्रमण तीव्ररुपमा फैलिंदै गएपछि मन्दिर बन्द गरिएको हो ।मंगलबार बसेको सरोकारवालाहरूको बैठकले ६ गते (बिहीबार) देखि माघ मसान्तसम्म नित्यवाहेकका पूजामा रोक लगाउने निर्णय गरेको बताइएको छ । 

मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङका अनुसार धार्मिक शक्तिपीठहरू बन्द गर्ने नेपाल सरकारको पुस ३० गतेको आदेशलाई कार्यान्वयन गरिएको हो ।

मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ