वासिङ्गटन। अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको लागि योग्य नभएको दाबी गरेका छन् ।
रिपब्लिकन पार्टीले ट्रम्पको समर्थन गरेकोमा उनले प्रश्न गरेका छन् । विश्वकै शक्तिशाली पद ओगट्न तयार भएका ट्रम्प त्यस लायक नभएको ओबामाले बताएका हुन् ।
विगतका रिपब्लिकन पार्टीका अन्य राष्ट्रपति वा उम्मेदवारसँग नितीगतरुपमा मत भिन्नता रहेतापनि राष्ट्रपतिको पद नै सम्हाल्न अयोग्य ठान्ने नगरेको ओबामाले बताए । एएफपी