arrow

मुम्बईमा भारतीय जलसेनाको जहाजमा विष्फोट, तीनको मृत्यु ११ जलेर घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
indian-navy.jpg

काठमाडौं । भारतको मुम्बईमा भारतीय जलसेना सवार पानीजहाजमा विष्फोट भएको छ । उक्त विष्फोटमा परी तीन सैनिक जवानको मृत्यु भएको छ । ११ जना जलेका छन् । घाइतेहरुको स्थानीय नेवल अस्पतालमा उपचार भएइरहेको छ । 

स्थानीय समयअनुसार मंगलबार साँझ ४ः४५ बजेतिर भएको विष्फोटपछि उक्त कम्पार्टमेन्टमा आगलागी भएको थियो । उक्त आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको कारण अझै स्पष्ट भएको छैन । 

विष्फोटका कारण जहाजलाई धेरै क्षति भएको छैन । घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ