मुम्बईमा भारतीय जलसेनाको जहाजमा विष्फोट, तीनको मृत्यु ११ जलेर घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
650
Shares
काठमाडौं । भारतको मुम्बईमा भारतीय जलसेना सवार पानीजहाजमा विष्फोट भएको छ । उक्त विष्फोटमा परी तीन सैनिक जवानको मृत्यु भएको छ । ११ जना जलेका छन् । घाइतेहरुको स्थानीय नेवल अस्पतालमा उपचार भएइरहेको छ ।
स्थानीय समयअनुसार मंगलबार साँझ ४ः४५ बजेतिर भएको विष्फोटपछि उक्त कम्पार्टमेन्टमा आगलागी भएको थियो । उक्त आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको कारण अझै स्पष्ट भएको छैन ।
विष्फोटका कारण जहाजलाई धेरै क्षति भएको छैन । घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।