arrow

कास्की जिल्ला अदालतमा अधिकांश सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
Kaski Court.jpg

कास्की । कास्की जिल्ला अदालतको अधिकांश सेवा बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । 

सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फुलकोर्ट)को निर्देशन र कास्की जिल्ला अदालतको निर्णय बमोजिम माघ १८ गतेसम्म अधिकांश सेवा बन्द गरिएको अदालतले जनाएको छ । 

बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने अदालतले निर्णय गरेको छ । 

सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ । 

यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ