arrow

जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख बढीमा संक्रमण

logo
एएफपी,
प्रकाशित २०७८ माघ ५ बुधबार
germany-reopens-schols-corona.jpg

बर्लिन । जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ संक्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ३२३ कोरोनाभाइरसको संक्रमण भएको छ ।  कोरोना संक्रमणको कारण २३९ जनाको मृत्यु भएको रबर्ट कोच इन्स्टिच्युटले जनाएको छ ।

साप्ताहिक घटना दर सात दिनमा प्रति १००० व्यक्तिमा ५८४ं.४ नयाँ संक्रमण भएको सो इन्स्टिच्युटले जनाएको छ ।जर्मनीले संक्रमण घटाउनको लागि थप कडाई गरेको छ ।  बार र रेष्टुरेन्टहरूमा पहुँच सीमित गर्न व्यक्तिहरूलाई उनीहरूको बूस्टर खोप प्राप्त गरेका वा पूर्ण रूपमा खोप वा निको भइसकेपछि परीक्षण गरिएको छ ।

जर्मनीमा कोरोनाभाइरस संक्रमण वृद्धि भएको छ । ७० प्रतिशत भन्दा बढीको लागि ओमिक्रोन संस्करण भएको जनाइएको छ । अन्य युरोपेली देशहरूले पनि ओमिक्रोनको बढ्दो दरसँग लडिरहेका छन् । छिमेकी फ्रान्समा हालै दैनिक औसत  ३ हजार ओमिक्रोनका संक्रमित रहेका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले ८ करोड ३० लाख जनसंख्याको प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोपहरू लागू गर्न खोजिरहनु भएको छ ।  जसमध्ये ६ करोडले पूर्ण मात्रा खोप लगाइएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ