arrow

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
corona-covid-dalta-plus.jpg

हेटौँडा । मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्इंले जानकारी दिए । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

अस्पताल प्रशासनले मकवानपुरमा कोरोना संक्रमण बढी रहेकाले अत्यावश्यक भए मात्र अस्पतालमा उपचारका लागि आउन अनुरोध गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ