arrow

'कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शङ्का नगरे हुन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
min-biswakarma.PNG

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शङ्का नगर्न पनि उनले आग्रह गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शङ्का नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा कांग्रेसले निर्वाचन सम्पन्न गरेको इतिहास छ । मुलुकमा निर्वाचन हुँदैन कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भए पनि निर्वाचन गराएको  इतिहास छ । मुलुकमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निष्पक्ष निर्वाचन भएको छ ।”

उनले लत्काउलिन् प्रधानमन्त्री गिरिजाबाबुलाई ०६४ मा चुनाव हार्ने रिपोर्ट हुँदा पनि गिरिजाबाबुले चुनाव गराएको सुनाए । उनले भने,“उहाँले त्यति वेला कांग्रेस हार्न सक्छ भन्नुभयो, तर मुलुक जिताउन निर्वाचन गर्छु भन्नुभएको थियो । ०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा गए, हामी पछि पर्यौं । तर, जनमतमा हामी ०७४ मा फस्ट भयौँ । म सबैलाई सुन्नेगरि भन्न चाहन्छु कि यो सरकार निर्वाचन नै गराउनको लागि बनेको हो । हाम्रो सभापति आदरणीय शेरबहादुर देउवाज्यूलाई सरकारमा जान आवश्यक नै थिएन । पार्टीले पनि चुनावको लागि सुझाव दिएको छ । उहाँले सर्वदलीय बैठक बोलाउनुहुन्छ, तर एमाले आउँदैन । निर्वाचन गर्ने कि नगर्ने भन्ने अब प्रश्न नगरौँ । बहुदलीय शासन प्रणालीमा निर्वाचन पहिलो प्राथमिकता हो । निर्वाचनको हकमा हामी संविधान वा कानुनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने धारणा छ, प्रधानमन्त्रीको पनि यही चाहना छ ।”

स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनीहरूको कार्यविधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने पनि उल्लेख गरे । उनले प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको सुनाए । 

उनले अहिले प्रधानमन्त्री देउवाले निर्वाचन ऐन पल्टाउन थालेको उल्लेख गरे । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरेको स्मरण गराए । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने कि विगतमा जस्तो तीन चरणमा गर्ने भन्ने पनि रहेको बताए । 

तर, त्यति वेला अवस्था नै त्यस्तो भएकोले तीन चरणमा निर्वाचन गर्नुपरेको थियो भन्ने उनको भनाई छ। उनले अब स्थानीय तहको एकै चरणमा अनि सङ्घ र प्रदेशको पनि एकै चरणमा निर्वाचन गर्दा राम्रो हुने बताए ।  उनले निर्वाचन समयमै गर्ने सर्तमा संसद् खोल्नसमेत एमालेसमक्ष आग्रह गरे । उनले सत्ता गठबन्धनमा बाहिर हल्ला फैलाइएजस्तो निर्वाचन टार्ने कुरा नभएको पनि स्पष्ट पारे ।  उनले समयमै निर्वाचन गराउनको लागि सरकार उपाय खोजिरहेको सुनाए । 

एमालेले संसद् अवरोध गर्ने अनि भोलि सडकमा जाने कुरा गर्नु पनि गलत भएको विश्वकर्माको टिप्पणी छ । उनले निर्वाचन भनेको खेल भएको उल्लेख गर्दै निर्वाचनको मिति तय गर्नु र सम्पन्न गर्नु चाहिँ साझा विषय भए पनि निर्वाचनमा कसरी जाने भन्ने कुरा चाहिँ दलको आफ्नो रणनीति हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ