arrow

२७५ जना सवार इमिरेट्स एअरलाइन्सको विमान ‘ क्रयास ल्यान्डिङ’

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
emirate-plane-crash-lands.jpg.jpeg
भारत। भारतबाट दबईको लागि उडेको इमिरेट्स एयरलाइन्सको विमान बोइङ ७७७-३०० दुबई अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ। दुर्घटना स्थानिय समय अनुसार १२:४५ बजे घटेको उक्त एयरलाइन्सले आफ्नो अफिसियल टुइटर पेजमार्फ जनाएको छ। 
 
दुर्घटना घटेपनि अहिलेसम्म कुनै मानवीय क्षतिको खबर भने नआएको भारतीय सञ्चार माध्याम हिन्दुस्तान टाइम्सले जनाएको छ। विमानमा चालकदलका सदस्यसहित जम्मा २७५ यात्रु थिए। 
 
“हामी अवस्थालाई कसरी चाडो सहज बनाउने भन्दै अधिकारिहरू र आकस्‍मिक सेवाग्राहीहरूसँग सहकार्य गरिरहेका छौं। केही नयाँ जानकारी आए हामी हाम्रो वेबसाइट र सामाजिक सञ्जालमार्फत जानकारी गराउने छौं”, इमिरेट्स एयरलाइन्सले टुइट गर्दै भने। 
 
“अहिलेलाई नयाँ स"चना नआएसम्म विमानस्थलका सबै उडान रोकिएको छ”, दुबई सरकारी एक अधिकारिले भने।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ