- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हिमाली क्षेत्रमा पाइने लालीगुराँसको फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।
अफ्रिकी बाँदरको किड्नीको कोषमा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो । बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा श्यामकुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली वनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ ।
कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।