arrow

टाटाको बम्पर लक्की ड्रबाट ४३ विजेता, पाए यो पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
272044022_329504182415477_5614345102588301400_n.jpg

काठमाडौं । टाटा मोटर्स् नेपालको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स्ले संयुक्त रुपमा ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ भन्दै आयोजना गरेको टाटा मोटर्स् दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्र को विजेता घोषणा कार्यक्रम सम्पन्न गरेकोे छ । 

योजना अनुरुप यही माघ ३ गते सोमबार टाटा मोटर्स् ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेजमार्फत लाइभ लक्की ड्र कार्यक्रम गरी विजेता घोषणा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी गराएको छ । 

देशैभरबाट ग्राहक वर्गको उल्लेखनीय सहभागिता रहेको यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगञ्जबाट ५ जना गरी कूल ४३ जना ग्राहकहरूलाई लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ । 

विजेताहरूमध्ये सामसुङ ट्याव एस सेभेन एफ ई ११ जनालाई, एल जी डबल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ्ग मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जनालाई र एमआई ६५ इन्च फोर के टीभी ७ जनालाई प्रदान गरिएको छ । 

सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाइ एवम् योजनामा सहभागीहरू सबैलाई धन्यवाद दिँदै सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले योजनामा ग्राहकहरूको उल्लेख्य सहभागीताले आफूलगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । 

उनले आगामी दिनमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न सुविधा सहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहक माझ आइरहने प्रतिवद्धतासमेत व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ