arrow

१४ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, ४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
coronaaa.jpg

काठमाडौं । देशभरका चौध जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल देशका पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा  मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् ।

साथै दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । कोरोना संक्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा  कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । 

 उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा तीन हजार ७८३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ हजार ३५२ जनामा संक्रमित पुष्टि भएको थियो । 

पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गरिएको थियो । एक्काइस हजार सात जनाले पीसीआर तथा ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १८ हजार ८०९ पुगेको छ । निको हुने दर ९२ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख ८७ हजार ७६९ जनामा तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख आठ हजार ११९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार २०५ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख सात हजार ८२३ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार २१४ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ५७ हजार ३२८ छ । 

हाल भेन्टिलेटरमा २७ जना र आइसियूमा १८६ जना रहेका छन् । होम आइसोलेसनमा ५५ हजार ८३६, संस्थागत आइसोलेसनमा एक हजार ४९२ र क्वारेन्टिनमा १२५ जना छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ