उपत्यकामा पाँच हजार तीन सय संक्रमित थपिए, सक्रिय संक्रमित ४२ हजार बढी
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
449
Shares
तस्बिर– फाइल
काठमाडौं । कोरोना भाइरसको महामारीबाट शुक्रबार काठमाडौं उपत्यकामा मात्रै पाँच हजार दुई सय ९९ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा मात्रै ४ हजार २७९, ललितपुरमा ५६७ तथा भक्तपुरमा ४५३ संक्रमित थपिएका हुन् ।
शुक्रबार देशभर थप १० हजार ७०३ संक्रमित थपिएका छन् । २३ हजार ९२ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमा १८ हजार ८१८ पीसीआर परीक्षणबाट ८ हजार ८१५ तथा ४ हजार ४७४ एन्टिजिन परीक्षणबाट १ हजार ८८८ संक्रमित पाइएका हुन् ।
जम्मा ७६६ जनालाई मात्र निको भएको छ । तीन जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ रहेको छ । निको हुने दर घटेर ९१.४ प्रतिशतमा पुगेको छ ।
सक्रिय संक्रमित ६५ हजार ३७४ पुगेका छन् । काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ५६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये काठमाडौंमा मात्रै ३० हजार ६८८, ललितपुरमा ७ हजार १४५ तथा भक्तपुरमा ४ हजार २२३ जना रहेका छन् ।