arrow

२३ हजार परीक्षण गर्दा १० हजारभन्दा बढी संक्रमित, तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
corona-covid-dalta-plus.jpg

काठमाडौं ।  पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा संक्रमण पुष्टि भएको हो । 

सक्रिय संक्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । पछिल्लो समय थप ७६६ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । संक्रमणमुक्त हुने दर  ९१.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा तीन जनाको संक्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६३५ को संक्रमणका कारणले मृत्यु भएको छ । 

पाँच सय र २०० भन्दाबढी संक्रमण भएको जिल्ला १५-१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । 

यस्तै २०० भन्दाबढी संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् । 

नेपालमा संक्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३  हजार ७३४, संस्थागत आइसोलेशनमा एक हजार ६४०, आइसियुमा १९४ र भेन्टिलेटरमा ३५ को उपचार हुँदैछ । 

तीन लाख बढीले खोप लगाए
विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । 

यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ