arrow

कोरोना महामारी: गण्डकीमा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ की २३ वर्षकी युवती रहेकी छन् ।

उनको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी माघ ५ गते कोरोना संक्रमित भएकी थिइन् ।

योसहित पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । पर्वतमा आज १६ जना संक्रमित थपिएका छन् ।

यसै गरी गोरखाका एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं. ११ का ४० वर्षका पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा गोरखा अस्पतालमा बिहीबार मृत्यु भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ