arrow

सफा लुगामा दुर्गन्ध

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ माघ ७ शुक्रबार
Clothes-and-smell.jpg

काठमाडौं ।  के तपाईले लगाएको लुगा सफा भए पनि त्यसबाट दुर्गन्ध आउँछ ? के तपाईले  कहिल्यै आफ्ना व्यक्तिगत सामानहरू तिनीहरूको स्वाभाविक तौल भन्दा अधिक भारी महसुस गर्नु भएको छ ? यसको कारण आध्यात्मिक स्वरूपमा हुन सक्छ ।

हाम्रो लुगा र व्यक्तिगत सरसामान हाम्रो शरीरको सर्वाधिक निकट हुन्छ । त्यस कारणले हाम्रो शरीरबाट प्रक्षेपित हुने सूक्ष्म-स्पन्दनलाई तिनीहरूले ग्रहण गर्दछन् । धोई सकेको लुगाबाट राम्रो सुगन्ध र साधारणता हामी त्यसलाई स्वच्छ राख्ने प्रयास गर्दछौँ । तर पनि सफा कपडाबाट दुर्गन्ध महसुस गर्न सक्छौँ वा कपडा लगाएपछि हामी थकित महसुस गर्छौँ ।

अर्कोतर्फ एसएसआरएफले यहाँ केही यस्तो प्रसङ्गहरू राखेको छ जसमा सन्तद्वारा अथवा ६०% भन्दा अधिक आध्यात्मिक स्तरको  साधकद्वारा उपयोग गरिएको लुगा अथवा सरसामानमा सकारात्मक परिवर्तन भएको छ ।

यसबाट कपडाहरू कसरी सकारात्मक र नकारात्मक ऊर्जाबाट प्रभावित हुन सक्छन् र तिनीहरूको पछाडिको आध्यात्मिक कारण बुझ्न सक्छौ।

सन् २०१० मा एसएसआरएफको साधिका जो अनिष्ट शक्तिबाट ग्रसित थिइन् उनको पहेँलो साडीमाथि सूक्ष्म-परीक्षण गरियो । आध्यात्मिक अनुसन्धानबाट यो थाहा भयो कि त्यो साडी धेरै पटक सूक्ष्म मांत्रिकद्वारा आक्रमण गरिएको थियो । यहाँ साधिकाले साडीको सूक्ष्म परीक्षणबारे बताएकी

छिन् ।  ‘जब म लुगालाई छुन्थेँ, मलाई धेरै गर्मी र कष्ट अनुभव हुन्थ्यो । धेरै उन्नत छैटौं दृष्टि भएका साधकहरुले साडीबाट दुर्गन्ध अनुभव गर्दथे । लुगा भन्दा केही फिट टाढा रहँदा पनि साधकहरुले दबाब, आखाँ र हात–खुट्टाहरुमा भारीपन महसुस गर्थेँ ।’

शब्द, स्पर्श, रूप, रस, गन्ध र त्यससँग सम्बन्धित शक्तिको नियमअनुसार हामीले लगाउने कपडाहरूले हाम्रो शरीरका सूक्ष्म गुणहरू ग्रहण गर्दछ । 

सन्तमा भएको दिव्य चेतनाको कारण उनीहरूका कपडाहरू वा व्यक्तिगत सामानहरूले कहिलेकाहीँ दिव्य चेतना प्रक्षेपित गर्दछन् । यो ६० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तरको साधक, जसमा ईश्वरप्रति अधिक भाव हुन्छ उनीहरूमा पनि हुन सक्छन् ।

वर्तमान युगमा अधिकांश व्यक्तिको लुगा र सरसामानहरूबाट दुर्गन्ध आउने सम्भावना अधिक हुन्छ । केही वर्षहरूमा, विश्वभरि अनिष्ट शक्तिको गतिविधिमा वृद्धि भएको छ । यसका साथै अनिष्ट शक्तिहरूले समाजलाई कष्ट दिनको लागि नयाँ मार्गहरू खोज्ने प्रयास गर्दछन् । जो सन्त र साधक, समाजको आध्यात्मिक प्रगतिको लागि कार्यरत छन् उनीहरूमाथि अनिष्ट शक्तिले सर्वप्रथम आक्रमण गर्दछन् तर ढिलो–चाँडो सबै मानिसहरूले अनिष्ट शक्तिको आक्रमणको सामना गर्नुपर्ने हुन्छ ।

हामीले लगाउने लुगा तथा व्यक्तिगत सरसामानहरू कालो शक्ति फैलाउने अनेक मार्गहरूमध्ये एउटा मार्ग हो । जसको हामी उपयोग गर्छौँ ।  जसले गर्दा सरसामानहरू कालो शक्तिबाट घेरिन्छ तथा कालो शक्तिबाट पूर्णरूपमा अवशोषित हुन्छन् । कालो शक्ति जुन लुगामा अथवा सरसामानमा जम्मा हुन्छन् त्यसले हामीमाथि विपरीत परिणाम पार्दछ । 

उदाहरणको लागि शरीरमा भारीपन अनुभव हुने, प्राण शक्ति न्यून हुने जसले गर्दा हामी थकान महसुस गर्दछौँ, हामी स्पष्टतासँग विचार गर्न सक्दैनौँ र साधनामा धेरै बाधाहरू उत्पन्न हुन्छन् । 

आध्यात्मिक स्तरमा हाम्रो कपडाहरूको शुद्धीकरण र अनिष्ट शक्तिको आक्रमणबाट कसरी जोगाउने यसबारे अर्को लेखमा ।

अध्यात्मको सिद्धान्त हो जीवनमा सत्त्व गुण बढाउने र रज–तम गुण न्यून गर्ने । यस सिद्धान्त अनुसार हामीले कार्यान्वयन गरेर जति लोकप्रिय चलन भए पनि तामसिक चलन नकार्नाले हामी जीवनमा उच्च स्तरको सुख र सन्तोष प्राप्त गर्न सक्छौँ ।

इमेल : hjsnepal@gmail.com
वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ