arrow

फेवातालमा बेलायती नागरिकको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
fewatal2121.jpg
फाइल तस्वीर

पोखरा । पोखराको फेवातालमा एक मानिसको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नं. २२ अँधेरीखोला नजिकै फेवातालको पूर्वी भागमा शव फेला परेको हो ।

कास्की प्रहरीका अनुसार उक्त शव ४६ वर्षका बेलायती नागरिक मार्क सुटको हो । तालमा तैरिरहेको अवस्थामा शव फेला परेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उनको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ