arrow

टेलिकमले फोरजी एलटीई वाईफाई विस्तार गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
telecom-namaste-wifi.jpg

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रूत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । 

कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको हो । सम्झौतामा कम्पनीकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।  

फोरजी एलटीई नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल इन्डिभिजुअल प्याकेज र गभरमेन्ट इन्स्टिच्युसन प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । इन्डिभिजुअल प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड बेसिक रु ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

त्यसैगरी एक वर्षका लागि रु. ९००० मा ७२० जीबी प्याक उपलब्ध रहेको टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिने छ । यी दुवैमा एड अन प्याकको रुपमा रु ४०० मा १५ दिनका लागि ६० प्याक लिन सकिने छ । 

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु १,२०० मा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु १३ हजार ५०० मा १,४४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु ६०० मा १५ दिनका लागि १२० प्याक लिन सकिने टेलिकमले जनाएको छ । 

गभरमेन्ट इस्टिच्युसन प्याकेजमा रु ३,६५० र रु २,१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध रहेको बताउँदै टेलिकमले यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिने पनि बताएको छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटकोसमेत व्यवस्था गरिएको उसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ