arrow

आकस्मिकबाहेक सबै सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
Parbat_Hospital.jpg
फाइल तस्वीर

पर्वत । पर्वत जिल्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चार जना चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि पर्वत जिल्ला सबै सेवा बन्द भएको हो ।

अस्पतालले शुक्रबार सूचना जारी गरी आकस्मिक सेवा र फिवर क्लिनिकबाहेक सबै सेवा बन्द भएको जनाएको छ । पर्वत अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. धनबहादुर क्षेत्रीका अनुसार माघ ९ देखि १४ गतेसम्म अस्पतालका सेवा बन्द गरिएको हो । 

पर्वत अस्पतालले अहिले दैनिक रुपमा एन्टिजेन परीक्षण गरिरहेको छ । परीक्षण गरिएकामध्ये ७२ देखि ८० प्रतिशतसम्म दैनिक संक्रमण देखिएको बताइन्छ । तेश्रो लहरबाट पर्वतमा १०८ जना सक्रमित भइसकेका छन् ।



नयाँ